मदिरा उत्पादन कम्पनी सागर डिष्टिलरीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धक चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 06, 2023 | 04:52:55 PM मा प्रकाशित

laxmi  sunrise bank

सागर डिष्टिलरी लिमिटेडद्वारा साधारण सेयर (आईपीओ) जारी गर्ने तयारी गरेको छ । आईपीओ निष्कासनको प्रक्रिया अघि बढाउनका लागि कम्पनीले विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ ।

मंगलबार आयोजित कार्यक्रममा सागर डिष्टिलरीका तर्फबाट अध्यक्ष संदिप जलान र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

सागर डिष्टिलरी लिमिटेडले कम्पनीको जारी पूँजीको १५ प्रतिशतले हुने ७,५०,००० लाख कित्ता सर्वसाधारणहरुलाई विक्री गर्न लागेको हो । सर्वसाधारण जनताको सहभागिता बढाउनको लागि १५ प्रतिशत आईपीओ निकाल्ने निर्णय गरेको कम्पनीका अध्यक्ष जलानले जानकारी दिए । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले आईपीओ निकाल्नेछ । 

वि.सं. २०६९ सालमा सागर डिष्टिलरी लिमिटेडको संस्थापना भएको हो । यस कम्पनीको फ्याक्ट्री देवचुली, नवलपुरमा रहेको छ । सागर डिष्टिलरीले मदिराजन्य उत्पादनहरु तयार पार्दछ । कम्पनीले हाल  Royal Blue, Grey Wolf, / Berries & Blues लगायतका उत्पादनहरु तयार परिरहेको छ । कम्पनीले प्रिमियम ह्वीस्की बजारमा ल्याउने तयारी गरिरहेको जनाएको छ। कम्पनीले दीर्घकालीन रुपमा मौलिक परम्परामा आधारित नेपाली मदिराको निर्यात गर्ने लक्ष्यका साथ व्यवसायीक उत्पादन कार्यलाई अघि बढाइरहेको उल्लेख गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved