साउन ३२ देखि ८०-२० म्युचुअल फण्ड निष्काशन गर्दै हिमालयन क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2023 | 08:52:43 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन क्यापिटलले साउन ३२ गतेदेखि हिमालयन ८०-२० नामक सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले हिमालयन म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि हिमालयन ८०-२० नामक बन्दमुखी म्युचुअल फण्ड योजनाको इकाई निष्काशन गरेको हो । 

यस योजनाको आकार १ अर्ब रहेको छ ।  क्यापिटल प्रति इकाई १० रुपैयाँको दरले फण्डको १० करोड इकाई निष्काशन गर्न लागेको हो ।  जस मध्ये १ करोड ५० लाख इकाई कोष प्रबर्दक हिमालयन बैंकलाई छुट्याईएको छ। बाँकि रहेको ८ करोड ५० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । 

आवेदन दिंदा न्युनतम १०० इकाई र अधिकतम १ करोड ईकाईको लागि दिन सकिने छ । यस निष्काशनमा  छिटोमा भदौ ४ गतेसम्म र सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलोमा भदौ १५ गतेसम्ममा आवेदन दिन सकिने क्यापिटलले जनाएको छ । यस म्युचुअल फण्डको अवधि १० वर्ष रहेको छ ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved