सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2023 | 07:05:53 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज क्यापिटलले संचालन गरिरहेको सनराइज फर्स्ट म्युचुअल फण्डको लाभांश घोषणा भएको छ ।क्यापिटलले आर्थिक वर्ष २०७९/०८० का लागि सनराइज फर्स्ट म्युचुअल फण्डका ईकाइधनीहरुलाई कर सहित १६ प्रतिशतका दरले हुन आउने १३ करोड ७६ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको हो।

लक्ष्मी सनराइज बैंक लिमिटेडबाट प्रवर्द्धन गरिएको तथा सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज म्युचुअल फण्ड अन्तर्गत संचालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आज बिहिबार प्रतिफल घोषणा गरेको हो । साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने क्यापिटलले जनाएको छ।

विगत ३ वर्षमा सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले ६९ प्रतिशत लाभाशं वितरण गर्न सफल भएको क्यापिटलले उल्लेख गरेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved