कुमारी क्यापिटलको २ वटा म्युचुअल फण्डको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 11, 2023 | 01:08:17 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी क्यापिटलले संचालन गरेको दुई वटा सामुहिक लगानी कोष योजनाको लाभांश घोषणा भएको छ  । योजना व्यवस्थापक कुमारी क्यापिटलको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९ / ८० को लागि  कुमारी इक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाको लाभांश घोषणा गरेको हो   ।

जस अनुसार “कुमारी सामूहिक लगानी कोष” अन्तर्गत सञ्चालित योजना कुमारी इक्वीटी फण्डले १० प्रतिशत (कर सहित) र कुमारी धनबृद्धि योजनाले ६ प्रतिशत (कर सहित) का दरले आ-आफ्ना इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने  छ ।

साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट भविष्यमा प्रकाशित गरिने क्यापिटलले जनाएको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved