कहिलेसम्म कायम इकाईधनीले पाउँछन् कुमारी क्यापिटलको म्युचुअल फण्डले दिने लाभांश ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 28, 2023 | 09:00:02 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी क्यापिटलले आफ्ना दुई वटा सामुहिक लगानी कोष योजनाले दिने लाभांश प्रयोजनको लागि बुक क्लोज मिति तय गरेको छ। क्यापिटलले लाभांश वितरणको लागि भदौ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।

यस संगै भदौ १७ गतेसम्म कायम इकाईधनीले मात्र क्यापिटलको म्युचुअल फण्डले दिने लाभांश पाउन सक्ने छन् ।  कुमारी क्यापिटले यस अघि नै आर्थिक वर्ष २०७९ / ८० को लागि  कुमारी इक्वीटी फण्ड र कुमारी धनबृद्धि योजनाको लाभांश घोषणा गरिसकेको छ।

जस अनुसार “कुमारी सामूहिक लगानी कोष” अन्तर्गत सञ्चालित योजना कुमारी इक्वीटी फण्डले १० प्रतिशत (कर सहित) र कुमारी धनबृद्धि योजनाले ६ प्रतिशत (कर सहित) का दरले आ-आफ्ना इकाईधनीहरुलाई नगद लाभांश वितरण गर्ने  छ ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved