लाइफ इन्स्योरेन्स कर्पोरेशनले लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 12, 2023 | 09:53:03 AM मा प्रकाशित

laxmi  sunrise bank

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको भदौ २५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

बैठकले कम्पनीको आ.व. २०७८/७९ को वासलात, आ.व. २०७८/७९ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका विवरणहरू माथि छलफल गरी स्वीकृतिको लागि नियामक निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय पनि गरेको छ।

बीमा प्राधिकरणले  ति विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved