नेशनल हाइड्रोको लिलामीको शेयर बाँडफाँड, कट अफ मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2023 | 08:49:25 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले हिजो मंगलबार शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार यस लिलामीको शेयरमा अन्तिम मूल्य अर्थात् कट अफ मूल्य ११० रुपैयाँ कायम भएको छ । १११ रूपैयाँ भन्दा माथिको मूल्य कबुल गर्नेले माग अनुसार कै शेयर पाएका छन् । ११० रुपैयाँ कबुल गर्नेले भने सापेक्षिक भार अनुसार समानुपातिक रुपमा शेयर पाएका छन् । शेयर बाँडफाँडको विवरण मुक्तिनाथ क्यापिटलको वेबसाइटमा हेर्न सकिने छ ।

नेशनल हाइड्रोले भदौ १३ गतेदेखि भदौ २४ सम्म हकप्रदमा अवितरित  सर्बसाधारण समुहतर्फको १३ लाख ३६ हजार ७ सय ४२ दशमलव ७१७८  कित्ता शेयर लिलाम गरेको थियो ।

कम्पनीले सार २९ देखि साउन १८ गतेसम्म  १ कित्ता शेयर बराबर ०.५० कित्ता अर्थात् ५० प्रतिशत अनुपातमा ८२ लाख २१ हजार ४ सय ५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निकाष्शनको गरेको थियो । सो हकप्रदमा अवितरित शेयर लिलाम गरेको हो  ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved