असोज १७ देखि ११ लाख ९४ हजार कित्ता शेयर लिलाम गर्दै अपि पावर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2023 | 09:37:59 AM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावर कम्पनी लिमिटेडले असोज १७ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ। कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको ११ लाख ९४ हजार ९ सय ३४ कित्ता शेयर लिलाम गर्न लागेको हो ।

उक्त लिलामीको शेयरमा असोज २४ गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलाम प्रकियाको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

लिलामीको शेयरमा मुक्तिनाथ क्यापिटलको कार्यालय नक्साल साथै मुक्तिनाथ विकास बैंकका शाखाहरु थिमी, कुमारीपाटी, विराटनगर, बिरगंज, बिर्तामोड, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुंग, बुटवल, घोराही , नेपालगंज, सुर्खेत,  धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ ।

 आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि र अधिकतम पुरै कित्ताका लागि दिन सकिने छ । कम्पनीको शेयरको मूल्य न्युनतम एक सय रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ। ५ लाख भन्दा बढीको आवेदन दिनेलाई प्यान नम्बर अनिवार्य गरिएको छ ।  सबैभन्दा उच्च मूल्य कबुल गर्नेले पहिला शेयर पाउने छ र त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । शेयर संख्या कायम रहंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

कम्पनीले साउन ३१ गतेदेखि भदौ ११ गतेसम्म १:०.४० को अनुपातमा अर्थात हाल कायम चुक्ता पुँजीको ४० प्रतिशत हकप्रद निष्काशन गरेको थियो। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved