सिनर्जी पावरको ५ लाख ६३ हजार कित्ता शेयर कार्तिक १ देखि लिलाममा, कहाँ दिने आवेदन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 09, 2023 | 08:53:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले कार्तिक १ गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्ने भएको छ। कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको ५ लाख ६३ हजार २ सय ३१ कित्ता शेयर लिलाम गर्न लागेको हो ।

उक्त लिलामीको शेयरमा कार्तिक १५ गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलाम प्रकियाको लागि सानिमा क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

लिलामीको शेयरमा सानिमा क्यापिटलको कार्यालय नक्साल साथै सानिमा बैंकका शाखाहरु हेटौडा, नारायणगढ, विराटनगर, बिर्तामोड, जनकपुर,बिरगंज, बुटवल, घोराही, नेपालगगंज, विरेन्द्रनगर, धनगढी, महानेद्रनगर, र  पोखरा(न्युरोड) शाखाबाट आवेदन दिन सकिने छ । त्यस्तै गरिमा विकास बैंकको बाग्लुंग शाखाबाट पनि आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

 आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ।  अधिकतममा भने पुरै कित्ताका लागि दिन सकिने छ । कम्पनीको शेयरको मूल्य न्युनतम एक सय रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ। ५ लाख भन्दा बढीको आवेदन दिनेलाई प्यान नम्बर अनिवार्य गरिएको छ ।  सबैभन्दा उच्च मूल्य कबुल गर्नेले पहिला शेयर पाउने छ र त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । शेयर संख्या कायम रहंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ । 

कम्पनीले भदौ ३ देखि भदौ ३१ गतेसम्म २:१ अनुपात अर्थात् ५० प्रतिशत हकप्रद बिक्री गरेको थियो । हकप्रदमा बिक्री नभएको शेयर लिलाम बढाबढमा बिक्री हुन लागेको हो । 

हकप्रद निस्काशनबाट प्राप्त हुने रकम कम्पनीको ५० प्रतिशत स्वामित्व रहेको एपेक्स मकालु हाईड्रोपावरमा लगानी गर्ने जनाएको छ। एपेक्स मकालु हाईड्रोपावरले सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा २२ मेगावाटको 'मध्य होङ्गु खोला जलबिद्युत आयोजना' निर्माण गरिरहेको छ। निर्माणाधिन अवस्थामा रहेको उक्त आयोजना ३ बर्षमा सम्पन्न गरि विद्युत उत्पादन शुरु गर्ने कम्पनीको तयारी छ। 

हेर्नुस् सूचना :



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved