नेप्सेमा मान्डु हाइड्रो र हाथवे इन्भेष्टमेन्टको शेयर सुचिकृत, कतिमा हुन्छ पहिलो कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 10, 2023 | 02:46:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मान्डु हाइड्रोपावर लिमिटेड र हाथवे इन्भेष्टमेन्टको नेपाल लिमिटेडको शेयर सुचिकृत भएको छ । आज मंगलबार दुवै कम्पनीको शेयर सुचिकृत भएको हो ।

आज  मान्डु हाइड्रोको १ करोड ३६ लाख ३६ हजार ३ सय ७० कित्ता शेयर सुचिकृत भएको हो । त्यस्तै हाथवे इन्भेस्टमेन्टको २ करोड ३४ लाख कित्ता शेयर सुचिकृत भएको हो ।

 आज मंगलबार शेयर सुचिकृत भएसंगै असोज २४ गते बुधबारबाट यी कम्पनीको शेयर कारोबार गर्न सकिने छ । बुधबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको कारोबार हुने छ ।

नेप्सेले मान्डु हाइड्रोको पहिलो कारोबारको लागि १२४.४२ रुपैयाँ देखि ३७३.२६ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न  गरेको छ । कम्पनीको  MANDU सिम्बलबाट कारोबार हुने छ ।  

नेप्सेले हाथवे इन्भेष्टमेन्टको पहिलो कारोबारको लागि ९५.०९ रुपैयाँ देखि २८५.२७ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तय गर्न  गरेको छ । कम्पनीको  HATHY सिम्बलबाट कारोबार हुने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved