कुन मूल्यमा भयो मान्डु हाइड्रो र हाथवे इन्भेष्टमेन्टको पहिलो शेयर कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2023 | 10:54:42 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मान्डु हाइड्रोपावर लिमिटेड र हाथवे इन्भेष्टमेन्टको नेपाल लिमिटेडको शेयर कारोबार सुरु भएको छ ।  आज बुधबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएसंगै कम्पनीको कारोबार सुरु भएको हो ।

 मान्डु हाइड्रोको पहिलो कारोबार प्रति कित्ता ३७३.२ रुपैयाँमा भएको छ भने हाथवे इन्भेष्टमेन्टको पहिलो कारोबार प्रति कित्ता २८५.२ रुपैयाँमा भएको छ  । नेप्सेले मान्डु हाइड्रोको पहिलो कारोबारको लागि १२४.४२ रुपैयाँ देखि ३७३.२६ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो। त्यस्तै नेप्सेले हाथवे इन्भेष्टमेन्टको पहिलो कारोबारको लागि ९५.०९ रुपैयाँ देखि २८५.२७ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो ।

 यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने व्यवस्था रहेको उच्चतम बिन्दुबाट नै कम्पनीको कारोबार सुरु भएको हो।

मंगलबार मान्डु हाइड्रोको १ करोड ३६ लाख ३६ हजार ३ सय ७० कित्ता शेयर र  हाथवे इन्भेस्टमेन्टको २ करोड ३४ लाख कित्ता शेयर सुचिकृत भएको थियो ।  मान्डुको  MANDU सिम्बलबाट र हाथवेको  HATHY सिम्बलबाट कारोबार भएको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved