'सोनापुर सिमेन्ट छिट्टै भारत निर्यात हुन्छ, यसको नाफा ११ लाख शेयरधनीले पाउने हो'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2023 | 08:50:07 PM मा प्रकाशित

laxmi  sunrise bank

निपेश तायल

सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड २०६५ सालमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको हो । २०७७ सालमा यो पब्लिक लिमिटेड कम्पनीमा परिर्वतन भएको थियो । कम्पनीको उद्योग दाङ तुलसीपुर वडा न. १८ मा अवस्थित छ ।

कम्पनीको ५ वटा उत्कृष्ट चुन ढुंगा खानीहरु छन् । हाम्रो कम्पनीको विशेषता नै यहि हो । कम्पनीको कुल लागत ८ अर्ब ७१ करोड रुपैयाँ रहेको छ । उद्यमको क्षमता २ लाख १३ हजार ३ सय ५७ मेट्रिक टन, ओपीसी सिमेन्ट १ लाख ७२ हजार ७२ मेट्रिक टन, पीपीसी सिमेन्ट ५ लाख ४९ हजार ६ सय ८० मेट्रिक टन, पीएससी सिमेन्टको क्षमता ४९ हजार ९ सय २४ मेट्रिक टन रहेको छ । 

उद्योगले ल्याएको प्रविधि आजको दिनमा उत्कृष्ट प्रविधि छ । भविष्यको लागि चाहिने इनर्जि सेभिङ टेक्नोलोजी हामीले प्रयोग गरेका छौँ । सुरुमा हाम्रो कम्पनी निर्माण गर्दा हामीले इण्डियन मेसिनरी बाट निर्माण गरेका थियौ । अहिले जर्मन प्रविधि प्रयोग गर्न सुरु गरिसकेका छौँ । अहिले उद्योगहरुको संख्या विस्तार हुँदै गइरहेको छ । चाडै हाम्रो उद्योग पुर्ण क्षमतामा उत्पादन हुने छ । 

हामीले प्रदुषण नियन्त्रणका लागि विभिन्न प्रविधिहरु जडान गरेका छौँ । सुरुदेखि नै जडान हुन्छ ।  समय अनुसार प्रविधि हामीले बेला बेलामा अपडेट गरिरहन्छौँ ।  

 नेपाली बजारमा हाम्रो सिमेन्टको मुख्य बजार भनेको सुदुरपश्चिम नै हो । भाडा महंगो भएका कारण हाम्रो सिमेन्ट काठमाडौँ आउँदैन । अब हामीले बजार व्यवस्थापनको लागि आइएसओमा दर्ता गरेका छौँ । जसले गर्दा हामीले भविष्यमा अधिक उत्पादन भारत निकासी गरेर आयआर्जन गर्न सक्छौ। उद्योगको क्षमता विष्तार गर्न उपयुक्त अन्य स्थानमा शाखाहरु सञ्चालन गर्ने छौँँ । सिमेन्ट सम्बन्धि खनिज पदार्थहरु विकासका लागि उत्खनन कार्यहरु गर्ने छौँ । उद्योग सँग सम्बन्धित खानीहरु अनुसन्धान तथा विकासको क्रममा संस्थाले विभिन्न खानिहरुमा अनुसन्धान गरिरहेकोे छ । नयाँ तथा अत्याधुनिक प्रविधि अपनाई रहेका छौ ।

उद्योगले उत्पादन गर्ने सिमेन्ट भारत निर्यात गर्ने तयारीमा छौ  । भारतीय बजारलाई चाहिएको गुणस्तरीय उत्पदन अगाडी बढाउने  छौँ । भविष्यमा आवश्यक र उपयुक्त स्थानमा व्यापार गर्ने उद्देश्यले शाखा कार्यालयहरु विस्तार गर्ने छौँ । यस क्षेत्रमा समावेश क्षेत्र उद्योग सँग प्रतिस्पर्धा रहेपनि यस उद्योगले उत्पादन गर्ने सिमेन्ट उच्च स्तर गुणस्तर कारण सस्थाले आफुलाई सफल उद्यमीको रुपमा बजारमा चिनाउन सफल भएको छ । संस्थाले गुणस्तरलाई प्राथमीकता दिई यस संस्थाबाट उत्पादन हुने सिमेन्टले बजारमा आफुलाई स्थापित गराउन सम्भव भएको छ । जसले गर्दा यस सस्थाको व्यवसायीक भविष्य उज्वल रहेको छ । 

हाम्रो उत्पादन काठमाडौँ नआउनुको पनि कारण रहेको छ । एक बोरा सिमेन्ट काठमाडौँमा ल्याउन २ सय रुपैयाँ भाडा पर्ने गर्दछ । वासिङ सिमेन्टले ल्याउदा ५०–७० रुपैयाँ भाडा पर्छ । भनेपछि १३० रुपैयाँ ठुलो हो।  

 चुन ढुंगा जहा हुन्छ हामी आफ्नो फ्याक्ट्रीहरु त्यहि राख्छौँ । सबैको आफ्नो आफ्नो विशेषता हुन्छ । आजकोे दिनमा भारतकोसीमा  एरियामा मात्र जादैन । फ्याट्रीको छेउमा जती माग बढछ कम्पनीले त्यति कमाउने हो । भारतमा निर्यात गर्दा प्रक्रिया लामो हुने भएकाले त्यसकै प्रोसेसमा छौँ । र छिट्टै  नै हामी भारत निर्यात गर्ने छौँ । हिजोको दिनमा क्वालीटी के हो भनेर सोना सिमेन्टले नै चिनाएको हो । हाम्रो चुनढुंगा राम्रो भएर सिमेन्टको क्वालीटी राम्रो छ । 

आइपीओको रकम मध्येबाट विभिन्न बैंक बैंकहरुको कर्जा भुक्तानी गर्ने लगभग १ अर्ब छुट्याएका छौँ । त्यसबाट हामीले बैंकहरुलाई ऋण तिर्छौ। त्यसपछि करिब ७९ करोड रुपैयाँ  चुनढुँगा उत्खनन तथा खरिद,र  अन्य कच्चा पदार्थमा लगानी गर्ने छौँ । हाल हाम्रो क्षमता वृद्धि परियोजनाहरु भइरहेको छ । त्यसको दाबि भुक्तानी गर्नलाई १ अर्ब रुपैयाँ खर्च गर्छौ। 

अहिले हामी पैसा अभावमा गुज्रीरहेका छौँ । हाम्रो बानी कस्तो परेको छ भने आज लगानी गर्यो भने आजै प्रतिफल पाउन खोज्छौँ ।  तर आहिले हामी ऋण तिर्दै छौँ । हिजोको दिनमा नाफा जति सबै मेरो खल्तिमा जान्थ्यो । हामी ६–७ जना शेयर होल्डर थियौ । हामीले एउटा कम्पनी चलाएका थियौ । अब पारदर्शी हुनलाई हामी पब्लिकमा गएका छौँ ।  कम्पनीले कमाएको मुनाफा सबै ११ लाख शेयर होल्डर ले पाउने हो। 

गत वर्ष कम्पनीले १ अर्ब ७६ करोडको कारोबार भएको थियो । यसैगरी गयौ भने हामी भविष्यमा ३–४ अर्ब सम्म पुग्छौँ । अझौ बढ्दै गयौ भने हामी ५ अर्ब सम्म पनि पुग्छौँ । 

(निपेश तायल विगत १४ वर्ष देखि कम्पनीको प्रवन्ध सञ्चालकको रुपमा कार्यरत छन्। यो सामग्री  कुराकानीमा आधारित छ।  ) 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved