
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले संसारभर नै पूँजी परिचालनको माध्यम शेयर बजार रहेको बताएका छन् । महासंघले आयोजना गरेको 'राष्ट्रिय आर्थिक बहस, सुधारको लागे सहकार्य' विषयक कार्यक्रममा प्रधानमन्त्रीलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।
अर्थशास्त्रीहरु, राष्ट्र बैंक र अन्यले पनि 'निजी क्षेत्रले घरजग्गा, शेयर र व्यापार मात्रै लगानी गरेका छन्' भनेर लेख्ने बोल्ने गरेकोमा अध्यक्ष ढकालले गुनासो गरे । उनले प्रश्न गर्दै भने 'के यी क्षेत्र चाहिँदैनन र ?' संसारभर नै पूँजी परिचालनको माध्यम शेयर बजार रहेको उनको भनाई थियो।
सहज हुँदा बैंक वित्तिय संस्थाले पनि कर्जा दिएको उल्लेख गर्दै राष्ट्र बैंकले त्यो ऋण अनुगमन गरिरहेकै बताए। राष्ट्र बैंकले पनि अनुगमन गरेको भएपनि दोषजति उद्यमी व्यवसायीलाई मात्र लगाउनु राम्रो नभएको उनको भनाई थियो।
सेयर बजार लक्षित राष्ट्र बैंकको नीति लगत्तै शेयर बजार घटेको उल्लेख गर्दै उनले राष्ट्र बैंकको नीति पुँजीबजार विरोधी भएको टिप्पणी गरे ।