कुन मूल्यमा भयो मिड सोलु हाइड्रो र भगवती हाइड्रोको पहिलो शेयर कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2023 | 10:51:04 AM मा प्रकाशित

laxmi sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मिड सोलु हाइड्रोपावर लिमिटेड र भगवती हाइड्रोपावर लिमिटेडको शेयर कारोबार सुरु भएको छ ।  आज बिहिबार स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार भई मूल्य तय भएसंगै कम्पनीको कारोबार सुरु भएको हो ।

 मिड सोलु हाइड्रोको पहिलो कारोबार प्रति कित्ता ३०० रुपैयाँमा भएको छ भने भगवती हाइड्रोको पहिलो कारोबार प्रति कित्ता ३६१.१ रुपैयाँमा भएको छ  । नेप्सेले मिड सोलु हाइड्रोको पहिलो कारोबारको लागि १०० रुपैयाँ देखि ३००  रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो। त्यस्तै नेप्सेले भगवती हाइड्रोको पहिलो कारोबारको लागि १२०.४१ रुपैयाँ देखि ३६१.२३ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको थियो ।

 यस सुरुवाती रेन्ज भित्रको जुनसुकै मूल्यमा पहिलो कारोबार हुन सक्ने व्यवस्था रहेको उच्चतम बिन्दुबाट नै कम्पनीको कारोबार सुरु भएको हो।

बुधबार मिड सोलु हाइड्रोको ७४ लाख ८४ हजार कित्ता शेयर र  भगवती हाइड्रोको ९७ लाख २० हजार ६ सय ४७ कित्ता शेयर सुचिकृत भएको थियो ।  मिड सोलुको MSHL सिम्बलबाट र भगवती हाइड्रोको BGWT सिम्बलबाट कारोबार भएको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved