खारेज हुँदै एनएमबि क्यापिटलको 'हाईब्रिड फण्ड एल १'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2023 | 09:16:27 AM मा प्रकाशित

laxmi sunrise bank

एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको तथा एनएमबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ' एनएमबि हाईब्रिड फण्ड एल १' खारेज हुने भएको छ। यो फण्ड कार्तिक ८ गते गते परिपक्व हुने छ ।

 योजनाको अवधि समाप्त हुने भएकोले यो योजना  परिपक्व भई खारेज हुने भएको हो। यस योजनाको अन्तिम कारोबार असोज २५ गते बिहिबार भएको छ । असोज २५ गते बिहीबारका दिन कारोबार भई कायम हुने इकाईधनीहरु मात्र योजनाको खारेजी पश्चात्को प्रतिफल प्राप्तिको लागि योग्य हुने छन्।

सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम (३१) को खण्ड (१) (क) मा भएको व्यवस्था बमोजिम योजनाको अवधि समाप्त भएमा योजना खारेजीमा लग्नुपर्ने  व्यवस्था छ ।  

फण्ड खारेजी पश्चात् सोही नियमावलीको नियम (३२) को उपनियम (३) को व्यवस्था बमोजिम योजना अर्न्तगतको सम्पत्तिलाई नगदमा परिणत गरी इकाईधनीहरुलाई उनीहरुको स्वामित्वको आधारमा भुक्तानी दिनुपर्ने व्यवस्था रहेकोले प्रचलित कानुनी तथा नियामकिय प्रक्रिया पुरा गरी इकाईधनीहरुलाई फिर्ता भुक्तानी गरिने क्यापिटलले जनाएको छ । यस क्रममा आवश्यकता अनुसार सार्वजनिक रुपमा पछि सूचना प्रकाशित गरी इकाईधनीहरुलाई जानकारी गराईने क्यापिटलले उल्लेख गरेको छ ।

क्यापिटलले इकाई डिम्याट नगरेको भए डिम्याट गराउन र यस अघि वितरण गरिएको लाभांश नलिएको भए बैंक खाता अध्यावधिक गरि लाभांश लिनको लागि आग्रह गरेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved