कहिलेबाट कार्यान्वयन हुन्छ 'आईपीओ भर्दा आवेदन तत्काल भेरिफाई वा रिजेक्ट हुने' व्यवस्था ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2023 | 04:33:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएस एण्ड क्लियरिङ लिमिटेडले एपीआई कार्यसंचालन निर्देशक पारित भएको छ । सिडीएसको आज बसेको संचालक समितिको बैठकले निर्देशिका स्वीकृत गरेको सिडीएसका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

नेपाल धितोपत्र बिरदले असोज २ गते सो निर्देशिका स्वीकृत गरेर सिडीएसमा पठाएको थियो। सिडीएसले निर्देशिका पारित गरेसंगै अब निर्देशिका कार्यान्वयनको लागि बाटो खुलेको हो । 

यस निर्देशिकामा सिडीएसले हाल प्रयोग गरिरहेका एपीआईहरुलाई आवश्यकता अनुसार अन्य संस्थाले पनि प्रयोग गर्ने सकिने व्यवस्था गरिएको छ । यी मध्ये आईपीओ भर्दा नै रियल टाइममा रकम बल्क हुने व्यवस्थालाई चासोका साथ हेरिएको छ ।

हालसम्मको व्यवस्था अनुसार आईपीओ वा हकप्रद भरेपछि सम्बन्धित बैंक तथा वित्तीय संस्था (सीआश्वा सदस्य) ले खातामा पैसा भए नभएको हेरेर आईपीओ वा हकप्रद आवेदनलाई भेरिफाई वा रिजेक्ट गर्दै आएका थिए । खातामा पर्याप्त पैसा भए आवेदन भेरिफाई हुने गरेको छ भने खातामा पर्याप्त पैसा नभए आवेदन रिजेक्ट हुने गरेको छ । यो प्रक्रिया गर्न सीआश्वा सदस्यले अधिकतम ३ दिनसम्म पनि लगाउने गरेका छन् ।

अब भने सिडीएसले पारित गरेको निर्देशिका अनुसार रियल टाइम मै आवेदन भेरिफाइ वा रिजेक्ट हुने गराउन सम्भव भएको छ । यसो हुँदा लगानीकर्ताले रियल टाइममा नै आफ्नो आवेदन भेरिफाई वा रिजेक्ट भएको थाहा पाउने छन् । त्यस्तै पैसा नभई आवेदन दिएर आईपीओमा बढी आवेदन परेको जस्तो देखाउने बाटो बन्द हुने छ । यस अघि घोराही सिमेन्टको आईपीओमा खातामा पैसा नभए पनि केहि आवेदकले १ लाख कित्ताको लागि आवेदन दिएका थिए ।  त्यस्तो गतिविधि पनि अब बन्द हुने अपेक्षा गरिएको छ । यसले आईपीओ झुटा आवेदन नियन्त्रण हुने छ ।

तर त्यसको लागि सिडीएसले उपलब्ध गराउने एपीआई प्रणालीलाई सीआश्वा सदस्यले आफ्नो सिस्टममासँग इन्टीग्रेट गर्नु पर्छ । सिडीएसले सीआश्वा सदस्यहरुलाई एक पटकको लागि इन्स्टलेसन् चार्ज २५ हजार तोकेको छ । त्यस्तै वार्षिक शुल्क २० हजार तोकेको छ । हालको निर्देशिकाले यो व्यवस्था अनिवार्य गरेको छैन । अर्थात् सीवाश्वा सदस्यले एपीआई नलिएर साविक कै अनुसार म्यानुअल रुपमा आवेदन भेरिफाई गर्छु भन्न पनि पाउछ । पैसा तिरेर सीआश्वा सदस्यले सिडीएसको यो सेवा नलिने भन्न पनि सक्छन् । सेवा लिन चाहने सीआश्वा सदस्यले सिडीएससँग तोकिएको शुल्क तिरेर यो सेवा लिनु पर्छ । 

सोहि कारण तत्काल नै आईपीओ वा हकप्रद भर्दा रियल टाइममा आवेदन भेरिफाई वा रिजेक्ट हुने देखिदैन । साथै सीआश्वा सदस्यले यो  सेवा नलिएमा सबै लगानीकर्ताले पनि रियल टाइम आवेदन फेरिफिकेसनको सुविधा पाउने छैनन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved