एभरेष्ट बैंकको साधारणसभा आज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2023 | 08:55:36 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकले आज असोज ३० गते साधारणसभा गर्दै छ। बैंकले बिहान ११ बजे लैनचौर स्थित लैनचौर ब्यान्क्वेटमा सभा आह्वान गरेको हो ।  

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १०.५३ प्रतिशत नगद लाभांश गरि २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

बैंकको सभामा आ.व. २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको एकीकृत वासलात,  नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, संचालक बैठक भत्ता वृद्धि गर्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने, आ.व. २०८०/०८१ को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पेश हुने छन्।

बैंकले साधारणसभा प्रयोजनको लागि असोज १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved