अरुण काबेली पावर लिमिटेडले आज असोज ३० गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम गर्दै छ। कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको २० लाख १४ हजार ८ सय १७ कित्ता शेयर लिलाम गर्न लागेको हो ।
लिलामीको शेयरमा कार्तिक १४ गतेसम्म आवेदन दिन सकिने छ । शेयर लिलाम प्रकियाको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ । लिलामीको शेयरमा नबिल इन्भेष्टमेन्टको कार्यालय नक्साल साथै नबिल बैंकका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
आवेदन दिंदा न्युनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतममा भने पुरै कित्ताका लागि दिन सकिने छ । कम्पनीको शेयरको मूल्य न्युनतम एक सय रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ। ५ लाख भन्दा बढीको आवेदन दिनेलाई प्यान नम्बर अनिवार्य गरिएको छ । सबैभन्दा उच्च मूल्य कबुल गर्नेले पहिला शेयर पाउने छ र त्यसपछि दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । शेयर संख्या कायम रहंदासम्म यहि प्रक्रियाबाट शेयर बाँडफाँड हुने छ ।
कम्पनीले १ कित्ता शेयर बराबर १ कित्ता अर्थात् १०० प्रतिशत अनुपातमा १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद शेयर निकाष्शनको गरेको थियो । हकप्रदमा बिक्री नभएको शेयर कम्पनीले लिलाम गर्न लागेको हो ।