हकप्रद मार्फत पुँजी बढाएर मात्र आईपीओ निष्काशन तयारीमा डिसहोम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 30, 2023 | 08:45:57 AM मा प्रकाशित

laxmi  sunrise bank

डिसहोम सेवा प्रदान गरिरहेको डिस मिडिया नेटवर्कले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक २० गते विशेष साधारणसभा आह्वान गरेको हो 

कम्पनीले विशेष साधारणसभामा हकप्रद निष्काशन गर्ने प्रस्ताव लैजाने भएको छ । कम्पनीले लामो समयदेखि आईपीओ निष्काशन गर्ने तयारी गरिरहेको छ । अब भने कम्पनीले हकप्रद मार्फत पुँजी बढाएर मात्र आईपीओ निष्काशन गर्ने भएको छ ।  

कम्पनीले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा २०८० असार १२ गते आवेदन दिएको छ। कम्पनीले १ करोड ३५ लाख ८४ हजार ९ सय ५५  कित्ता शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ। हकप्रदपछि कम्पनीले निष्काशन गर्ने आईपीओको आकार पनि घटबढ हुन सक्ने छ 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved