नेपाल एसबिआई मर्चेन्ट बैंकिङको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 31, 2023 | 09:18:00 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई मर्चेन्ट बैंकिंग लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर ५ गते साधारणसभा आह्वान गरेको हो ।

साधारणसभामा कम्पनीको आर्थिक विवरण पारित गर्ने,  नाफा नोक्सान विवरणलगायत वार्षिक आर्थिक विवरण र वासलात पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव

 साधारण प्रस्ताव

१. आ.व. २०७९/८० का लागि संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०७९/८० को वार्षिक आर्थिक विवरण ( २०८० आषाढ मसान्तको वासलात आ.व. २०७९/८० को नाफानोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत छलफल गरी पारित गर्ने ।

३. नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडको लेखापरीक्षण समितिले सिफारिस गरे अनुसार आ.व. २०५० / ८१ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४. कम्पनीको संचालक समितिमा प्रतिनिधित्व गर्ने १(एक) जना स्वतन्त्र संचालकको नियुक्ती गर्ने ।

विशेष प्रस्ताव

१. कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफा / नियममा प्रबन्धपत्रको दफा २ र नियमावलीको नियम ३(ण) १९ (३), २८ (२) (ख), २८ (६), ३०(१) (क) तथा ३९ ( ४ ) संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

२. नियामक निकायहरुको निर्देशन बमोजिम प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन गर्न आवश्यक र उपयुक्त भएमा सो कार्यका लागि संचालक समितिलाई अधिकार प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved