हालै आईपीओ जारी गरेको माण्डु हाइड्रोपावरको लाभांश घोषणा, साधारणसभा पनि आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 03, 2023 | 09:43:38 AM मा प्रकाशित

laxmi  sunrise bank

माण्डु हाइड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीले आ.व. २०७९/०८० सम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो।

 कम्पनीले मङ्सिर १५ गते साधारणसभा बोलाएको छ  । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । मङ्सिर ३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्। 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

सामान्य प्रस्ताव
क) आ.व. २०७९/०८० सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने ।

ख) आ.व. २०७९ / ०८० को लेखापरिक्षकको प्रतिवेदन, २०६० असाढ मसान्त सम्मको बासलात र आ.व. २०७९ / ०८० को आयव्ययविवरण र सोही अवधिको नगद प्रवाह लगायत वित्तिय विवरण उपर छलफल गरि स्विकृत गर्ने ।

ग) आ.ब. २०६०/०६१ को कारोबारको हिसाव लेखापरिक्षण गर्नका निमित्त लेखा परिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने ।

घ) आ.व. २०७९ / ०८० को मुनाफाबाट शेयरधनीहरुलाई कम्पनीको हालको (संवसाधरण लाई शेयर निश्कासन पछि चुक्ता पुँजी १,३६,३६,३७,०००/- को १०% ले हुन आउने रु.१३,६३,६३,७००/-( अक्षरुपी तेह करोड़ त्रिसट्ठी लाख त्रिसट्ठी हजार सात सय रुपैयाँ नगद लाभांश प्रचलित कानुन बमोजिम कर कट्टी गरी वितरण गर्ने ।

ङ) सवसाधरण समूह बाट १ जना संचालकको निर्वाचन एवं संस्थापक तर्फको संचालक नियुक्ती अनुमोदन गर्ने ।

च) संचालक समितिको प्रति बैठक भत्ता निर्धारण गराउने प्रस्ताव पारित गर्ने ।

विशेष प्रस्ताव :

क) कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा कम्पनीको रजिष्टर्ड कार्यालय रहेको ठेगाना दफा (२) संशोधन गर्ने सम्बन्धी प्रस्ताव परित गर्ने ।

ख) कम्पनीको नियमावलीमा ३८ (३) संचालक समितिको बैठक सम्बन्धी कार्यविधिमा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved