भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2023 | 08:12:39 AM मा प्रकाशित

laxmi  sunrise bank

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिने आज कार्तिक २० गते अन्तिम दिन रहेको छ। कम्पनीले कार्तिक १६ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको छ।

कम्पनीले सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयर निष्काशन गरेको छ । स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्री नभएको ४लाख ८७ हजार ९ सय १० कित्ता समेत थपेर सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयर निष्काशन भएको हो । यस निष्काशनमा आज कार्तिक २० गतेसम्म आवेदन दिन सकिने छ  । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ लाख ८० हजार कित्ताको लागि आवेदन दिन सकिने छ  । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा  २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०८० मङ्सिरबाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved