हिमालयन रि–इन्स्योरेन्सले परिवर्तन गर्यो आईपीओ निष्काशन मिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2023 | 08:26:18 AM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन मिति परिवर्तन गरेको छ ।  कम्पनीले पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई कार्तिक २१ गतेदेखि आईपीओ निष्काशन गर्ने जनाएको थियो। 

तर त्यस समयमा तिहार पर्ने भएकोले आम लगानीकर्ताको सहजताको लागि भन्दै कम्पनीले तिहार सकिएपछि मात्र आईपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीले अब  श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई मङ्सिर ४ देखि मङ्सिर १८ गतेसम्म आईपीओ निष्काशन गर्ने छ । कम्पनीले  श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपाली ३० लाख कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गर्न लागेको हो । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरेको शेयर बाँडफाँड भएपछि कम्पनीले  सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ  । कम्पनीले सर्वसाधारणलाई २ करोड ४९ लाख कित्ता शेयर निष्काशन गर्ने छ  । 

 नेपाल धितोपत्र  बोर्डले कार्तिक १ गते कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले भदौ २६ गते बोर्डमा आवेदन दिएकोमा ३५ दिन मै आईपीओ निष्काशनको अनुमति पाएको हो । 

 हिमालयन रि–इन्स्योरेन्स निजि क्षेत्रको लगानीमा स्थापित पुनर्बीमा कम्पनी हो।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved