लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 06, 2023 | 08:47:11 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी टेक्नो प्लाष्ट लिमिटेडले प्रिमियममा आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित मङ्सिर ११ गते हेटौडा स्थित आफ्नै कार्यालयमा साधारणसभा आह्वान गरेको छ ।

कम्पनीको सभामा विशेष प्रस्ताव अन्तर्गत कम्पनीको पुँजी वृद्धि गर्ने, प्रिमियममा आईपीओ निष्काशन गर्ने, सोहि अनुसार प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने , शेयर निष्काशन र प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने कार्यको सम्पूर्ण अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

सन् २००५ मा स्थापना भएको यस कम्पनीले प्लास्टिक र फर्निचरका सामग्री उत्पादन गर्दे आएको छ । यो कम्पनी जेबी मारू ग्रुप अन्तर्गतको कम्पनी हो । जेबी मारू ग्रुप शिवम सिमेन्टको पनि संस्थापक शेयरधनी हो । लक्ष्मी टेक्नो प्लाष्टले शिवम नाम कै प्लास्टिकका सामग्री उत्पादन गर्दै आएको छ  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved