सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा आह्वान, मर्जर तथा प्राप्ति प्रस्ताव पनि समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 18, 2023 | 09:33:30 AM मा प्रकाशित

laxmi  sunrise bank

सांग्रिला डेभलपमेन्ट बैंकले साधारणसभा आह्वान गरेको छ । कम्पनीको मङ्सिर १ गते बसेको संचालक समितिको बैठकले मङ्सिर २४ गते आइतबार लैनचौर ब्यान्क्वेटमा सभा आह्वान गर्ने निर्णय गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आ.व. २०७९/८० को संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो।  कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब २६ करोड ७५ लाख रहेको छ ।

यस्तै साधारणसभामा विशेष प्रस्ताव अन्तर्गत मर्जर तथा प्राप्तिबारे निर्णय गर्ने अख्तियारी संचालक समितिलाई दिने प्रस्ताव पनि समावेश गरिएको छ । 

बैंकले साधारणसभा प्रायोजनको लागि मङ्सिर ११ देखि मङ्सिर २४ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

साधारण प्रस्ताव :

१) अध्यक्षज्यूको मन्तब्य सहित आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने बारे ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको मिति २०८० आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण तथा आर्थिक वर्ष २०७९/०८० को नाफा नोक्सान हिसाब, अन्य विस्तृत विवरण, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन लगायत सम्पूर्ण वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने बारे ।

३) आर्थिक वर्ष २०८०/०८१ को लागि डेभलपमेन्ट बैंकको लेखापरीक्षण कार्यको लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

४) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम डेभलपमेन्ट बैंकको हाल कायम चुक्ता पूँजी ३,२६,७५,९१,७१६.७१/- को ५ प्रतिशत बोनस शेयर वितरण गर्ने सम्वन्धि विशेष प्रस्ताव पारित हुँदा सो बोनस शेयर तथा कर प्रयोजनका लागि प्रस्तावित नगद लाभांश समेत गरी कुल लाभांशमा लाग्ने कर भुक्तानी प्रयोजनका लागि डेभलपमेन्ट बैंकको चुक्ता पूँजीको ०.२६३ प्रतिशतले हुन आउने रकम रु. ८५,९८,९२५.५७ (अक्षेरुपी पचासी लाख अन्ठानब्बे हजार नौ सय पच्चीस र पैसा सन्ताउन्न मात्र ) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

विशेष प्रस्ताव :

१) सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजी रु ३,२६,७५,९१,७१६.७१/- ( तीन अर्व छव्वीस करोड पचहत्तर लाख एकानब्बे हजार सातसय सोह्र र पैसा एकहत्तर मात्र) को ५ प्रतिशत अर्थात रकम रु. १६,३३,७९,५८५.८४/- (अक्षेरुपी सोह्र करोड तेत्तीस लाख उन्नासी हजार पाँच सय पचासी र पैसा चौरासी मात्र) को बोनस शेयर जारी गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

२) डेभलपमेन्ट बैंकको हाल कायम जारी तथा चुक्ता पूँजी रु ३,२६,७५,९१,७१६.७१ /- ( तीन अर्व छव्वीस करोड पचहत्तर लाख एकानब्बे हजार सातसय सोह्र र पैसा एकहत्तर मात्र) रहेकोमा वोनस शेयर वितरण पश्चात जारी तथा चुक्ता पूँजी रु ३,४३,०९,७१,३०२.५५/- (अक्षेरुपी तीन अर्ब त्रीचालीस करोड नौं लाख एकहतर हजार तीन सय दुई र पैसा पचपन्न मात्र ) पुयाउने प्रस्ताव पारित गर्ने ।

३) विशेष प्रस्ताव नं. (१), (२) पारित भए बमोजिम हुने गरी डेभलपमेन्ट बैंकको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

४) डेभलपमेन्ट बैंकको प्रबन्धपत्र तथा नियमावलीमा भएका संशोधनको स्वीकृति लिने क्रममा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड लगायतका नियमनकारी निकायबाट फेरबदल, परिमार्जन, थपघट तथा संशोधन गर्नको लागि निर्देशन प्राप्त भएमा सो कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

५) यस सांग्रिला डेभलपमेन्ट बैंक र अन्य ईजाजतपत्र प्राप्त उपयुक्त बैंक तथा वित्तीय संस्था (हरु) एक आपसमा गाभ्ने/गाभिने (Merger ) तथा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले अन्य बैंक तथा वित्तीय संस्था (हरु) प्राप्ति गर्ने (Acquisition) सम्बन्धमा उपयुक्त बैंक तथा वित्तीय संस्था (हरु) खोजी गर्न, उपयुक्त लागेको बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्विजिसन सम्बन्धी सहमतिपत्र (Memorandum of Understanding ) तयार गरी हस्ताक्षर गर्न, सम्पूर्ण चल अचल सम्पत्ति तथा दायित्व मूल्याङ्कन ( Due Diligence Audit) गराउने, तथा गाभ्ने/गाभिने (Merger) वा प्राप्ति गर्ने (Acquisition) सम्बन्धमा नियमनकारी निकायहरुसँग सहमति लिने, गाभ्ने/गाभिने (Merger) वा प्राप्ति गर्ने सम्बन्धी कार्यको लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्नुपर्ने भएमा सो समेत गर्ने लगायतका सम्पूर्ण प्रकृया अवलम्बन गरी एक आपसमा गाभ्ने / गाभिने ( Merger) वा प्राप्ति गर्ने (Acquisition) सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved