अरुण काबेलीले लिलामीमा ल्याएको शेयर बाँडफाँड, कट अफ मूल्य कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2023 | 08:28:12 AM मा प्रकाशित

laxmi  sunrise bank

अरुण काबेली पावर लिमिटेडले लिलामीमा ल्याएको अवितरित हकप्रद शेयर बाँडफाँड भएको छ। कम्पनीले मंसिर ४ गते शेयर बाँडफाँड गरेको हो।

कम्पनीले हकप्रद निष्काशन गर्दा बिक्रि नभएको सर्बसाधारण समुहतर्फको २० लाख १४ हजार ८ सय १७ कित्ता शेयर लिलाम गरेको थियो ।उक्त लिलामीको शेयरको कट अफ मूल्य १४६ रुपैयाँ १० पैसा कायम भएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टले जनाएको छ ।  १४६ रुपैयाँ १० पैसा भन्दा माथि कबुल गर्ने सबैले शेयर पाएका छन् भने  १४६ रुपैयाँ १० पैसामा कबुल गर्नेलाई समानुपातिक रुपमा सापेक्षिक भार अनुसार शेयर बाँडफाँड गरिएको छ छ ।

कम्पनीले  असोज ३० गतेदेखि कार्तिक १४ गतेसम्म शेयर लिलाम गरेको थियो।  कम्पनीले १ कित्ता शेयर बराबर १ कित्ता अर्थात् १०० प्रतिशत अनुपातमा १ करोड ८५ लाख ५२ हजार १ सय ५ कित्ता हकप्रद शेयर निकाष्शनको गरेको थियो ।  हकप्रदमा बिक्री नभएको शेयर कम्पनीले लिलाम गरि बाँडफाँड गरेको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved