श्वेत गंगा हाइड्रोको साधारणसभा आह्वान, यस्ता छन् प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2023 | 08:57:18 AM मा प्रकाशित

laxmi  sunrise bank

श्वेत गंगा हाइड्रोपावर एण्ड कन्सट्रकसन लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २६ गते काठमाडौँको चण्डोल स्थित कुण्डलिनी दरबार ब्यान्क्वेटमा सभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १४ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव :

१. कम्पनीको सञ्चालक समितिको सातौं वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. कम्पनीको आ. व. २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन सहित २०८० मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण, तत् सम्बन्धी अनुसूचीहरु छलफल गरी पारित गर्ने ।

३. लेखापरीक्षण समितिले सिफारीस गरे बमोजिम आ. व. २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक निर्धारण गर्ने ।

४.रिक्त सञ्चालक पदमा सञ्चालक समितिबाट भएको नियुक्ति अनुमोदन गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved