भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ बाँडफाँड, ५ जनाले पाए ११ कित्ता शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 21, 2023 | 09:10:35 AM मा प्रकाशित

laxmi  sunrise bank

भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले आज बिहान आईपीओ बाँडफाँड गरेको हो। 

क्यापिटलका अनुसार आईपीओमा कुल ११ लाख ६१ हजार ५ सय २९ जनाको आवेदन परेको थियो । जस मध्ये ११ लाख ५६ हजार ९ सय २७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । यस हिसाबमा आवेदन ४ हजार ६ सय २ जनाको आवेदन रद्द भएको छ ।

योग्य रहेका आवेदकलाई गोलाप्रथामा समावेश गराएर शेयर बाँडफाँड गरिएको छ । जस अनुसार २ लाख ७ हजार ५ सय २८ जनाले कम्पनीको शेयर पाएका छन् । यी मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् । 

आईपीओको नतिजा केहि समय पछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट  muktinathcapital.com, सिडीएससीको मेरोशेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  

कम्पनीले कार्तिक १६ देखि कार्तिक २० गतेसम्म सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयर निष्काशन गरेको थियो।स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्री नभएको ४ लाख ८७ हजार ९ सय १० कित्ता समेत थपेर सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयर निष्काशन भएको थियो। 

कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा  २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०८० मङ्सिरबाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved