ग्रामिण विकास लघुवित्तको साधारणसभा आह्वान, मर्जर प्रस्ताव समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2023 | 09:48:36 AM मा प्रकाशित

laxmi  sunrise bank

ग्रामिण  विकास लघुवित्तले  साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर ३० गते शनिवार हुने गरि साधारणसभा आह्वान गरेको हो । ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १४ देखि ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १३ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

साधारण प्रस्ताव 

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षज्यूले पेश गर्नु हुने आर्थिक वर्ष २०७८ / ७९ को संस्थाको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ. व. २०७८ / ७९ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरू तथा सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्ने ।

३. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा ११३ अनुसार आर्थिक वर्ष २०७९/८० का लागी लेखापरीक्षण गर्न कम्पनी रजिष्ट्रारको कार्यालयबाट मिति २०८०/०४/२८ गते लेखापरीक्षक श्री एन. बि. एस. एम एण्ड एसोसिएट्स, नारायणचौर नक्साल, काठमाण्डौ नियुक्त हुनु भएको हुँदा सो प्रस्ताव अनुमोदन गर्ने ।

विशेष प्रस्ताव 

१. संस्थाको प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन प्रस्ताव पारित गर्ने सम्बन्धमा ।

२. ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र अन्य कुनै लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने/गाभिने (Merger) तथा प्राप्ति (Acquisition) गर्ने प्रयोजनका लागि मर्जर समिति गठन गर्ने, उपयुक्त लघुवित्त वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्र (Memorandum of Understanding) मा हस्ताक्षर गर्ने र सोको आधारमा सैद्धान्तिक स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन ( Due Diligence Audit) गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने एवम् अन्य वित्तीय संस्थाहरुको शाखाहरु खरिद तथा प्राप्ति गर्ने, अन्य वित्तीय संस्थालाई शाखा विकी गर्ने लगायतका कार्यहरूसँग सम्बन्धित आवश्यक सम्पूर्ण कार्यहरू गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्वन्धमा ।

३. नेपाल राष्ट्र बैंक तथा अन्य नियमनकारी निकायको निर्देशन लगायत अन्य कारणले संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा समसामयिक विषयमा संशोधन गर्न, परिमार्जन थपघट वा परिवर्तन गर्नुपर्ने अवस्था भएमा सो सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved