मुक्तिनाथ कृषि कम्पनीको पहिलो चरणको आईपीओ बाँडफाँड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2023 | 11:31:23 AM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको शेयर बाँडफाँड गरेको छ । बिक्रि प्रबन्धक एनआइएमबि एस क्यापिटलले आज मङ्सिर ७ गते शेयर बाँडफाँड गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई कार्तिक १० देखि कार्तिक २४ सम्म १ लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको थियो ।  क्यापिटलका अनुसार यस निष्काशनमा  ३१ हजार १९ सय ६ जना आवेदन प्राप्त भएको थियो ।जस मध्ये २ जना आवेदकहरुको आवेदन रितपुर्वक नदेखिएकोले उक्त २ आवेदनहरुलाई अयोग्य ठह¥याई रद्द गरी कूल ३१ हजार १ सय ९४ जना आवेदकहरुलाई योग्य मानेर शेयर बाँडफाँड गरिएको छ । 

माग भन्दा बढीको आवेदन परेकोले  गोलाप्रथाको माध्यमबाट शेयर बाँडफाँड गरिएको छ । जस अनुसार १४ हजार आवेदकले न्यूनतम १० कित्ताका दरले शेयर पाएका छन्। 

यस संगै अब कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।  कम्पनीले मङ्सिर ८ गतेदेखि सर्वसाधारणलाई  ११ लाख ४८ हजार कित्ता शेयर निष्काशन गर्ने छ । यस निष्काशनमा मङ्सिर १२ गतेसम्म आवेदन दिन सकिने छ ।  आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । आईपीओ निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

सर्वसाधारणलाई शेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पुंजी ७० करोड पुग्ने छ । आईपीओ पछि कम्पनी संस्थापक र सर्वसाधारण शेयरधनी  अनुपात ८० प्रतिशत र २० प्रतिशत हुने छ ।  

मुक्तिनाथ विकास बैंकको प्रमुख लगानी तथा कृषि क्षेत्रको प्रवर्दनमा विभिन्न पेशाहरुमा आवद्द व्यक्तिहरुद्वारा २०७५ साल भदौ १ गते मुक्तिनाथ कृषि कम्पनीको स्थापना भएको हो।  कृषिबाट मात्रै नेपालको उन्नति प्रगति भन्ने सोचले यो कम्पनी  स्थापना भएको हो।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved