उन्नति सहकार्य लघुवित्तको एफपीओ बाँडफाँड, एक जनाले पाए १०.१८ कित्ता शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2023 | 09:39:47 AM मा प्रकाशित

laxmi sunrise bank

उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको एफपीओ बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज एफपीओ बाँडफाँड गरेको हो। 

क्यापिटलका अनुसार एफपीओमा कुल १० लाख ७२ हजार ७ सय ६८ जनाको आवेदन परेको थियो । ३२५ जनाको आवेदन अयोग्य रहेकोले योग्य रहेका १० लाख ७२ हजार ४ सय ४३ जनालाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । 

जस अनुसार १७ हजार ८ सय ४५ जनाले शेयर पाएका छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर , एक जनाले १०.१८ कित्ता शेयर र बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् । 

कम्पनीले कार्तिक २१ देखि कार्तिक २४ गतेसम्म  थप सार्वजनिक निष्काशन (एफपीओ) बिक्री खुला गरेको थियो । लघुवित्तले प्रति कित्ता १०० रुपैयाँको दरले १ लाख ७८ हजार ४ सय ५१ दशमलव १८ कित्ता एफपीओ निष्काशन गरेको हो ।  



एफपीओको नतिजा केहि समय पछि प्रकाशन हुने छ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट  www.siddharthacapital.com सिडीएससीको मेरोशेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  

नेपाल धितोपत्र बोर्डले असोज २६ गते लघुवित्तलाई एफपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको थियो। साविक उन्नति लघुवित्तले सहकार्य लघुवित्तलाई गाभेपछि उन्नति सहकारी लघुवित्त बनेको हो । गाभ्ने गाभिने प्रर्कियापछि कम्पनीमा संस्थापक र सर्वसाधारण शेयरधनीको अनुपात मिलाउन कम्पनीले एफपीओ निष्काशन गरेको हो । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved