![laxmi sunrise bank](https://bizpati.com/../uploads/bannerads/610-4-1-GIF-Laxmi-sunrise-TVc_ 250x250px.gif)
सर्वोत्तम सिमेन्टले निष्काशन गरेको आईपीओआ क्युआईआई अर्थात् योग्य संस्थागत लगानीकर्ताबाट ४१ वटा आवेदन परेको छ । कम्पनीले मङ्सिर ६ देखि मङ्सिर १० गतेसम्म बुक बिल्डिङ विधिमार्फत् पहिलो चरणमामा योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गरेको हो।
त्यस निष्काशनमा ४१ वटा आवेदन परेको हो । आज मङ्सिर १० गते सोमबार बिहान ८ बजेबाट बोलपत्रहरु खोल्ने कार्य नेपाल स्टक एक्सचेन्ज नेप्सेमा भईरहेको छ । कार्यक्रममा नेप्सेका सीइओ कृष्ण बहादुर कार्की र सर्वोत्तम सिमेन्टका अध्यक्ष विष्णु प्रसाद न्यौपाने पनि उपस्थित छन्। बोलपत्रहरु खोलेपछि आज नै कट अफ मूल्य तय हुने छ ।
कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई २४ लाख कित्ता शेयर निष्काशन गरेको छ। कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई प्रति शेयर ४०१ देखि ६०१.५० रुपैयाँसम्मको मूल्य सीमा तोकेको छ। यस सीमाको बीचमा रहेर योग्य संस्थागत लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था थियो। यस अघि नै आशय मूल्य पेश गरेका योग्य संस्थागत लगानीकर्ताले भने आशय मूल्य भन्दा कम मूल्यमा आवेदन पेश गर्न णपाउने व्यवस्था थियो ।
यहि नियमका कारण यस अघि नै आशय मूल्य पेश गरेका धेरै योग्य संस्थागत लगानीकर्ताले कम्पनीको आईपीओमा आवेदन दिएका छैनन्। आशय मूल्य पेश गर्दाको समयको तुलनामा अहिले बजारको स्थिति बदलिएको र त्यसले मुल्यमा पनि प्रभाव परेको भन्दै आशय मूल्य पेश गरेका केहि योग्य संस्थागत लगानीकर्ताले आवेदन नदिएका हुन् ।
सर्वसाधारणलाई निष्काशन गरिने शेयरको ४० प्रतिशत योग्य संस्थागत लगानीकर्तालाई छुट्याउनु पर्ने प्रावधान छ । सोहि अनुसार सर्वोत्तम सिमेन्टले २४ लाख कित्ता शेयर योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरेको हो।
सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने छ । योग्य संस्थागत लगानीकर्तालाई निष्काशन गरिएको शेयर बाँडफाँड भए पछि कम्पनीले सर्बसाधारणलाई शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले कुल ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ । यो बुक विल्डिङको नियम नै हो । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी हुनेछ।