एनबिआईद्वारा ३१० प्रतिशत लाभांश घोषणा, बैंकर्स संघ सहित ४ संस्थालाई शेयर दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2023 | 08:39:42 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल बैंकिङ्ग इन्टिच्युट (एनबिआई) ले साधारणसभा आह्वान गरेको छ एनबिआईले पुस ५ गते होटेल याक एण्ड यतिमा साधारणसभा आह्वान गरेको हो

इन्टिच्युटको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७९/८० सम्मको संचित मुनाफाबाट २९५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १५.५३ प्रतिशत नगद गरि कुल ३१०.५३ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा वितरण हुने छ 

इन्टिच्युटको शेयरधनीमा नेपाल राष्ट्र बैंक विभिन्न बैंक तथा वित्तीय संस्था रहेका छन् । कम्पनीले शेयर खरिद गर्न चाहने वाणिज्य बैंक, विकास बैंक, फाईनान्स र लघुवित्तलाई पनि प्रति शेयर १०० को दरले शेयर बिक्री गर्ने प्रस्ताव साधारणसभामा लैजाने भएको छ । त्यस्तै यी संस्थाका संघहरु (बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स संघ, नेपाल वित्तीय संस्था संघ र लघुवित्त बैंकर्स संघ)लाई पनि जारी पुंजीको हदसम्म शेयर बिक्री गर्ने प्रस्ताव सभामा लैजाने भएको छ 

यस्ता छन् एनबिआईको सभामा पेश हुने प्रस्ताव:

सामान्य प्रस्ताव:
१) अध्यक्षज्यूको मन्तव्य सहितको सञ्चालक समितिको आ.व. २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२) लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात तथा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब र सोही अवधिको नाफा नोक्सान बाँडफाँड हिसाब, नगद प्रवाह विवरण लगायतका सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने ।

३) कम्पनीले जारी गर्ने बोनस शेयरवापतको कर प्रयोजनको लागि हाल कायम चुक्ता पूँजीको १५.५३% नगद लाभांश स्विकृत गर्ने ।

४) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८० / ८१ को लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने ।

५) वर्तमान सञ्चालकहरुमध्ये सञ्चालक समितीबाट नियुक्त भएका निम्नलिखित सञ्चालकको नियुक्तिलाई अनुमोदन गर्ने ।

१. अनिल शर्मा, नेपाल बैंकर्स एसोशीयसन, स्वतन्त्र सञ्चालक
२. राजेश कुमार पण्डा, नेपाल एस.बी.आई बैंक लिं, सञ्चालक

विशेष प्रस्ताव 

१. कम्पनीको प्रबन्धपत्रको दफा ६ को (क), (ख) र (ग) मा संशोधन गर्ने । कम्पनीको अधिकृत पूँजी रु.४०,००,००,०००/- (चालिस करोड रुपैयाँ) कायम गर्ने । कम्पनीको जारी पूँजी रु.३०,००,००,०००/- (तीस करोड रुपैयाँ) कायम गर्ने । कम्पनीको चुक्ता पूँजी रु. १९,७५,००,०००/- (उन्नाईस करोड पचहत्तर लाख रुपैयाँ) कायम गर्ने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने ।

२. कम्पनीको आ.ब. २०७९/८० सम्मको संचित मुनाफाबाट संस्थाका विद्यमान शेयरधनीहरुलाई कम्पनीको हाल कायम चुक्ता पुँजीको २९५% बोनस शेयर जारी गर्ने ।

३. कम्पनीको नियमावलीको नियम ३२ (क) मा भएको व्यवस्था अनुरुप सञ्चालकको बैठक भत्तामा समयानुकुल हेरफेर गर्ने ।

४. नेशनल बैंकिङ्ग इन्ष्टिच्यूट प्रति बैंक तथा वित्तीय संस्थाहरुको अपनत्व बढाउन तथा स्वामित्वको भावना विकास गर्न कम्पनीका हाल कायम शेयरधनीहरुका अतिरिक्त अन्य सम्पूर्ण (क, ख, ग, घ ) वर्गका बैंक तथा वित्तिय संस्थाहरुलाई पनि यस कम्पनीमा समेट्ने उद्देश्यले यस संस्थाको शेयर खरिद गर्न इच्छुक हाल कायम शेयरधनीहरु तथा अन्य बैंक तथा वित्तिय संस्थाहरुका साथै बैंक तथा वित्तीय संस्थाहरुका सम्बन्धित व्यवसायीक संगठनहरु (नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसियसन नेपाल, नेपाल वित्तीय संस्था संघ, नेपाल लघुवित्त बैंकर्स संघ) का लागि जारी पूँजीको हदसम्म प्रतिशेयर रु. १००/- का दरले शेयर जारी तथा बिक्री गर्ने ।

५. उपरोक्त कार्यहरु गर्नका लागि प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन स्वीकृत गर्ने, प्रस्तावित संशोधनमा कुनै फेरवदल गरी सम्बन्धित निकायबाट स्वीकृत गराउन आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी दिने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved