निफ्राको साधारणसभा आह्वान, लाभांश सहितका आधा दर्जन प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2023 | 08:26:30 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १७ गते काठमाडौँको बत्तीसपुतली स्थित अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेटमा सभा आह्वान गरेको हो।  

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

कम्पनीले  साधारणसभा प्रयोजनको लागि पुस ६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस ५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

 सामान्य प्रस्ताव
१. आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन माथि छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तको वासलात, विस्तृत नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, पूँजीमा भएको परिवर्तन लगायत तत्सम्बन्धी अनुसूचीहरु माथि छलफल गरी स्वीकृत गर्ने ।

३. कम्पनी ऐन २०६३ को दफा १११ र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ अनुसार बैंकको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/८१ को लागि वाह्य लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने। (कम्पनी ऐन २०६३ को टपत्र १११ (३) र बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ६३ (२) बमोजिम बहालवाला लेखापरीक्षक श्री M.G.S. & Associates, Chartered Accountants ले बैंकको लगातार तीन वर्ष लेखापरीक्षण सम्पन्न गर्नुभएको हुँदा पुनः नियुक्त हुन सक्नुहुन्न।)


४. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु.२१,६०,००,००,०००। ( (एक्काईस अर्ब साठी करोड रुपैया मात्र) को ४.२१०५% (चार दशमलव दुई एक शून्य पाँच प्रतिशत) ले हुने रकम रु.९०,९४,६८,०००। ( (नब्बे करोड चौरानब्बे लाख अठसट्ठी हजार रुपैया मात्र ) नगद लाभांस (लाभास कर समेत ) वितरण गर्न स्वीकृति प्रदान गर्ने ।

 सञ्चालकको निर्वाचन तथा अनुमोदन
१. संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालक चयनको लागि निर्वाचन गर्ने।

२. मिति २०७८/०८/२९ गते सम्पन्न भएको बैंकको तेस्रो वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनी समुह तर्फबाट ४ वर्षे कार्यकालका लागि निर्वाचित सञ्चालक श्री सुमन पोखरेलज्यूले सञ्चालक पदबाट दिनु भएको राजिनामा बैंकको मिति २०८०/०१/१७ गते बसेको सञ्चालक समितिको १२५ ओ बैठकको निर्णयानुसार मिति २०७०/०१/१८ गते देखि लागु हुनेगरी स्वीकृत भएकोमा बैंकको मिति २०७०/०५/०३ गते बसेको सञ्चालक समितिको १३२ औ बैठकको निर्णयानुसार उक्त रिक्त स्थानमा निजको बाँकी कार्यकालको लागि विराटनगर (३, मोरन स्थायी ठेगाना भई हाल काठमाडी बस्ने बेकका सर्वसाधारण शेयरधनी श्री प्रवीण सुवेदी (ना.प्र.नं. ७९३, काठमाडौं) लाई नियुक्त गरेको निर्णय अनुमोदन गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved