बन्दीपुर केवलकारको साधारणसभा आह्वान, आईपीओ निष्काशन विशेष प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2023 | 09:16:43 AM मा प्रकाशित

laxmi  sunrise bank

बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस १४ गते शनिवार साधारणसभा आह्वान गरेको हो । 

सभामा आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव हुने छन् । सभामा आईपीओ निष्काशन गर्ने त्यस समबन्धमा गर्नु पर्ने सम्पूर्ण कार्य संचालक समितिलाई दिने विशेष प्रस्ताव पेश हुने छ। 

कम्पनीले  प्रति शेयर अंकित मूल्य रु. १००  दरका २५ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले साधारण शेयरको सार्वजनिक निष्काशनको लागि विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेको छ ।

त्यस्तै कम्पनीको साधारणसभामा कम्पनीको अध्यक्षबाट प्रस्तुत आ.व २०७९/०८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आ.व. २०७९/०८० को लेखापरिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने , आगामी वर्ष २०८०/०८१ को लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने r संचालकको पारिश्रमिक, भत्ता तथा सुविधा बारे निर्णय गर्ने प्रस्ताव पेश हुने छन्।

आरकेडी रियल स्टेट एन्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एन्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फन्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केबुलकार परियोजना निर्माणको काम भइरहेको छ । लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ एक हजार एक सयभन्दा बढी लगानीकर्ता रहेका छन् । तीन अर्ब ४९ करोड रुपैयाँ कूल परियोजना लागत रहेको कम्पनीको चुक्ता पूँजी दुई अर्ब १५ करोड रुपैयाँ रहेको छ । 

तनहुको बन्दीपुर गाउँपालिका–४ ठूल्ढुङ्गाबाट सुरु हुने केबुलकार सोही वडाको बरालथोकसम्म पुग्छ । केबुलकारबाट एसियाकै ठूलो दाबी गरिएको विमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूल्ढुङ्गास्वाँराबाट सुरु हुने केबुलकार सिद्धगुफाको छेउ हुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केबुलकारले एक किलोमिटर छ सय मिटर यात्रा गर्नेछ । केबुलकारसँगै पाँचतारे होटलको काम भने तीव्र गतिमा अगाडि बढेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved