कृषि विकास बैंकबाट संस्थापित कोष व्यवस्थापन कम्पनीद्वारा ५ प्रतिशत लाभांश प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2023 | 09:36:57 AM मा प्रकाशित

laxmi  sunrise bank

कृषि विकास बैंकबाट संस्थापित, प्रवर्द्धित तथा व्यवस्थित कोष व्यवस्थापन कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ९ गते कृषि विकास बैंकको मुख्य कार्यालयको सभाहलमा साधारणसभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले चुक्ता पुँजीको  पाँच प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

त्यस्तै सभामा आ. व. २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आ.व.२०८० आषाढ मसान्तसम्मको वासलात र आ.व २०७९/८० को नाफा/नोक्सान हिसाब तथा नगद प्रवाह विवरण उपर छलफल गरी पारित गर्ने , र आर्थिक वर्ष २०८०/८१ को लागि महालेखापरीक्षकको कार्यालयबाट लेखापरीक्षक नियुक्तिका लागि परामर्श प्राप्त हुने लेखापरीक्षकलाई यस कम्पनीको लेखापरीक्षकमा नियुक्ति गर्ने तथा पारिश्रमिक र सेवा शर्त तोक्ने लगायतका प्रस्ताव पेश हुने छन्  ।

कृषि विकास बैंक लि., यस बैंकका कर्मचारीहरू र सर्वसाधारण समेतको सहभागिता रहने गरी बैंकका कर्मचारीहरूको संचयकोषको रकम तथा अन्य पूँजी रकमलाई घर जग्गा व्यवसाय, संगठित संस्थाहरूको धितोपत्र तथा ऋृणपत्रहरू र अन्य सम्भाव्य क्षेत्रमा लगानी गरी उक्त लगानीमा अधिकतम प्रतिफल प्राप्त गर्ने उद्देश्यकासाथ मिति २०५० साल चैत्र २३ गतेका दिन कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भई मिति २०५० साल चैत्र ३० गतेदेखी यो कम्पनी संचालनमा आएको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved