माविलुङ्ग इनर्जीको साधारणसभा आह्वान, आईपीओ निष्काशन प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 05, 2023 | 08:31:51 AM मा प्रकाशित

laxmi  sunrise bank

माविलुङ्ग इनर्जीले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर २१ गते साधारणसभा आह्वान गरेको हो ।

सभामा आईपीओ निष्काशन गर्ने प्रस्ताव हुने छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका  १८ करोड ९० लाख ५४ हजार रकम बराबरको १८ लाख ९० हजार ५ सय ४० कित्ता साधारण शेयर निष्काशन गर्ने तयारी गरेको छ। कम्पनीले शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

त्यस्तै कम्पनीको साधारणसभामा कम्पनीको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने , लेखा परिक्षण प्रतिवेदन पारित गर्ने, कम्पनीको आ.व. २०८०/०८१ को लागि लेखापरिक्षक नियुक्त गर्ने , सञ्चालक समितिको सेवा सुविधा सम्बन्धमा निर्णय गर्ने, र कम्पनीको कार्ययोजना पारित गर्ने प्रस्तावहरु पेश हुने छ।

माबिलुङ्गग इनर्जीले संखुवासभा जिल्लाको चैनपुर मादि नगरपालिकामा रहेको ४ं.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवा खोला ३ जलबिद्युत आयोजना निर्माणा गरिरहेको छ  । कम्पनीका अनुसार आयोजनाको ५० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved