नेपाल इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् १० प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2023 | 08:59:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस १३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिअशत नगद गरि कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

साधारण प्रस्ताव

१. आ.व.२०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. आ.व. २०७९/८० को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने ।

३. कम्पनीको आ.व २०७९/८० को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी १,४९,४७,६५, ३९९९७ (अक्षरुपी एक अर्व उनान्चास करोड सत्तचालिस लाख पैसट्ठी हजार तीन सय उनान्सय र पैसा सन्तानब्बे ) को १० प्रतिशतका दरले हुने वोनश शेयर रु १४,९४,७६, ५३९.९७ ( चौध करोड चौरानब्बे लाख छहत्तर हजार पाँच सय उनान्चालिस र पैसा सन्तानब्बे मात्र बराबरको बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव यसै साधारण सभामा पेश गरिएको हुँदा उक्त वोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुने रु ७८८, ६७,१८६.३१ ( अठहत्तर लाख सत्तसठ्ठी हजार एक सय छयासी र पैसा एकतिस मात्र) नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

४. कम्पनीको आ.व. २०८० / ८१ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षण समितिको सिफारिस बमोजिम लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने ।

५. कम्पनीमा रिक्त विज्ञ स्वतन्त्र सञ्चालकमा वीर विक्रम रायमाझीलाई ४ वर्षका लागि अर्थात मिति २०८३/१२/०८ सम्म र संस्थापक शेयधनी समुह तर्फ रिक्त सञ्चालकमा अग्रिम इन्टरनेशनल प्रा.लि. का प्रतिनिधि निशान्त जोगाइ र सर्वसाधारण शेयरधनी समुह तर्फ रिक्त सञ्चालकमा समिकरण इन्भेष्टमेन्ट प्रा.लि का प्रतिनिधि दिवाकर पौडेललाई मिति २०७२/१२/०१ देखि सञ्चालकमा मनोनित गरिएकोमा सर्वसाधारण शेयरधनी समुह तर्फका सञ्चालक दिवाकर पौडेलले मिति २०७०/०८/१९ गते देखि सञ्चालक पदबाट राजिनामा दिनु भई रिक्त सञ्चालकमा मिति २०८०/०८/१९ गते देखि गुहेश्वरी क्यापिटल प्रा. लि.का प्रतिनिधि सजल मास्केलाई बाँकी कार्यकालका लागि सञ्चालकमा मनोनित गरिएकोले सो को अनुमोदन गर्ने ।

विशेष प्रस्ताव 

१. सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी रु १,४९,४७,६५, ३९९ ९७ (अक्षरुपी एक अर्व उनान्चास करोड सत्तचालिस लाख पैसट्ठी हजार तीन सय उनान्सय र पैसा सन्तानब्बे) को १० प्रतिशतका दरले हुने वोनश शेयर रु १४,९४, ७६, ५३९ ९७ ( चौध करोड चौरानब्बे लाख छहत्तर हजार पाँच सय उनान्चालिस र पैसा सन्तानब्बे मात्र) बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने ।

२. कम्पनीको आ.व. २०७९ / ८० को वोनस शेयर जारी गरे पश्चात कम्पनीको चुक्ता पूँजी रु १,६४,४२,४१,९३९/९४ (अक्षरुपी रु एक अर्व चौसट्ठी करोड बयालिस लाख एकचालिस हजार नौ सय उनान्चालिस र पैसा चौरानब्बे) पुग्ने हुँदा सोही बमोजिम कम्पनीको प्रबन्ध पत्रको दफा ५ को (ख) र (ग) मा भएको जारी तथा चुक्ता पूँजी सम्बन्धी व्यवस्था संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

३. कम्पनीको नियमावली को नियम २६ को उपनियम २ मा २ (क) थप गरी "हकप्रद शेयर खरिद गर्ने हक अन्य कुनै व्यक्तिलाई हस्तान्तरण गर्न सकिने छ” भन्ने व्यवस्था थप गर्ने बारे ।

४. संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएका खर्च अनुमोदन गर्ने ।

५. संशोधित प्रबन्ध पत्र तथा नियमावली अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved