नागरिक स्टक डिलरको साधारणसभा आह्वान, यस पटक छैन लाभांश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2023 | 09:14:52 AM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक स्टक डिलर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर २० गते दिउँसो ३ बजे नयाँ बानेश्वर स्थित नागरिक लगानी कोषको भवनमा सभा आह्वान गरेको हो 

सभामा आर्थिक वर्ष २०७९/८० को अध्यक्षको प्रतिवेदन छलफल गरि पारित गर्ने,   लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३१, २०८० मा समाप्त भएको आ.व. २०७९/८० को वार्षिक वित्तीय विवरण (वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु) उपर छलफल गरी पारित गर्ने , कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०/८१ को लागि बाह्य लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने, र कम्पनीको २०८०/३/२७ गतेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरिएका सञ्चालकको अनुमोदन गर्ने प्रस्ताव पेश हुने छ।

त्यस्तै विशेष प्रस्तावमा कम्पनीको प्रबन्धपत्रको दफा ४ र दफा ५ मा आवश्यक संशोधन / थप गर्ने, विशेष प्रस्तावका संशोधनहरुबाट प्रबन्धपत्रमा भएका संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै बिषयमा थप संशोधन गर्न वा भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पेश हुने छ ।

गत वर्ष  ६.८५ प्रतिशत बोनस शेयर बितरण गरेको कम्पनीले यस पटक लाभांश प्रस्ताव गरेको छैन 

 कम्पनीले डेढ अर्बको आईपिओ निष्काशन गर्ने तयारी पनि गरिरहेको छ । कम्पनीले रु. १ अर्ब ५० करोड बराबरको १,५०,००,००० कित्ता शेयर सर्वसाधारणमा (सर्वसाधारण समुहभित्र नै बर्गिकरण हुने गरी कर्मचारीलाई छुट्याइएको २ प्रतिशत शेयर सहित) प्राथमिक शेयर निष्कासन गर्ने प्रस्ताव  साधारणसभाबाट पारित गरिसकेको छ।  यो कम्पनी नागरिक लगानी कोषको सहायक कम्पनी हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved