नेपाल एसबिआई बैंकको साधारणसभा आह्वान, मर्जरको प्रस्ताव पनि समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2023 | 09:12:34 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंकले साधारणसभा आह्वान गरेको छ । बैंकले पुस १३ गते आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्।   कम्पनीले  हाल कायम चुक्ता पूँजीको ३.७५ प्रतिशत बोनस शेयर र  कर प्रयोजनको लागि समेत गरि ६.८० प्रतिशत नगद लाभांश गरि कुल १०.५५ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पुंजी १० अर्ब १२ करोड रहेको छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुने छ  । 

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:

साधारण प्रस्ताव 

१. आ.व. २०७९/८० का लागि संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०७९/८० को वार्षिक आर्थिक विवरण ( २०८० असार मसान्तको वासलात, आ.व. २०७९/८० को नाफानोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने ।

३. यस बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि." को आ.व. २०७९/८० को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने ।

४. संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई रु. ६८,८२,०२,७५२.०१ बराबर (चुक्ता पुँजीमा ६.८० प्रतिशतका दरले) नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

५. बैंकको लेखापरीक्षण समितिले सिफारिस गरे अनुसार आ.व. २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने ।

विशेष प्रस्ताव 

१. बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई रु.३७,९५,२३,५७६.४८ बराबर (चुक्ता पुँजीमा ३.७५ प्रतिशतका दरले) बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने ।

२. विशेष प्रस्ताव नं. १ बमोजिम कम्पनीको जारी तथा चुक्ता पुँजीमा परिवर्तन गर्नुपर्ने भएका कारण तथा बैं वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र कम्पनी ऐन, २०६३ मा भएको व्यवस्थाको अनुपालनाका लागि बैंकको प्रबन्धपत्रको विभिन्न दफामा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने ।

३. बैंकले आ.व. २०७९/८० मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गर्न गरिएको खर्च रु.८२,८०,०२६.६५ कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) ले निर्धारण गरेको सीमा नाघेको हुँदा सो अन्तर्गत भएको खर्च रु.८२,८०,०२६.६५ लाई अनुमोदन गर्ने ।

४. बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने / गराउने सम्बन्धमा प्रचलित नियम, कानून बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्ने / गराउने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने ।

५. नियामक निकायहरुको निर्देशन बमोजिम प्रबन्धपत्रका प्रस्तावित संशोधनहरुमा परिमार्जन गर्न आवश्यक उपयुक्त भएमा सो कार्यका लागि संचालक समितिलाई अधिकार प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved