गुराँस लघुवित्तको साधारणसभा आह्वान, मर्जर प्रस्ताव पनि समावेश

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2023 | 08:58:56 AM मा प्रकाशित

laxmi  sunrise bank

गुराँस लघुवित्तले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस १८ गते धनकुटामा साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस ३ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन। 

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :


साधारण प्रस्तावहरु :

(१)आ.व.२०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

(२) लेखापरीक्षकको प्रतिवेदन सहित आ.व. २०७९/८० को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने ।

(३) कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

(४) सर्वसाधारण शेयरधनीहरो तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालकहरुको निर्वाचन गर्ने ।

 विशेष प्रस्तावहरु :

(१) नियमावलीको नियम २९, २९(१), २९(२) र ३० मा संशोधन स्वीकृत गर्ने ।

(२) उपरोक्त विशेष प्रस्ताव उपर नियमनकारी निकायले फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरूप प्रचलित कानुनको अधिनमा रही यस वित्तीय संस्थाको नियमावलीमा आवश्यक संशोधन वा परिमार्जन वा समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।

(३) गुराँस लघुवित्त वित्तीय संस्था र अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने वा गाभिने वा प्राप्ती गर्ने सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रक्रिया पूरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नको लागि संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved