अपर तामाकोशीले निष्काशन गरेको हकप्रद बाँडफाँड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2023 | 07:27:06 PM मा प्रकाशित

laxmi  sunrise bank

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड भएको छ। नागरिक लगानी कोषको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा तथा सनराइज क्यापिटल लिमिटेडको सह निष्काशन तथा बिक्री प्रबन्धकत्वमा निष्काशन गरिएको अपर तामाकोशीको हकप्रद शेयर आज बाँडफाँड गरिएको हो।

कम्पनीले भदौ १८ गतेदेखि असोज २२ गतेसम्म १:१ को अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो। सह बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार संस्थापक समुहको लागि ५ करोड ४० लाख ९ हजार कित्ता शेयर निष्काशन गरिएकोमा संस्थापक समुहबाट पूर्ण शेयरको लागि आवेदन परेको थियो ।

सर्वसाधारणलाई ५ करोड १८ लाख ९१ हजार निष्काशन भएकोमा योग्य रहेका आवेदकलाई ३ करोड ४८ लाख ७१ हजार ४ सय ७० कित्ता शेयर बाँडफाँड गरिएको छ । यस हिसाबमा सर्वसाधारण समुह तर्फ बिक्री नभएको १ करोड ७० लाख १९ हजार ५ सय ३० कित्ता शेयर कम्पनीले लिलाम गर्ने छ । संस्थापक समुहतर्फ भने पुरै शेयर हकप्रदमा बिक्री भएकोले लिलामीमा आउने छैन। 

संस्थापक शेयरधनीबाट हकप्रद वापत प्राप्त सम्पूर्ण रकमबाट कम्पनीले केहि अंश ऋण तिरिसकेको छ ।  कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मोहनप्रसाद गौतमले हकप्रद शेयर निष्काशनबाट प्राप्त हुने रकम माथिल्लो तामाकोसी निर्माण गर्दा लिइएको अल्पकालीन ऋणको साँवाव्याज चुक्ता गर्न र २१ मेगावाटको रोल्वालिङ खोला जलविद्युत आयोजनाको निर्माणमा खर्च गरिने बताए । कम्पनीले माथिल्लो तामाकोशी निर्माण गर्दा ६ अर्ब रुपैयाँ अल्पकालीन ऋण लिएको छ ।

सिइओ गौतमले अल्पकालीन ऋणको साँवाब्याज चुक्ता गरेपछि बाँकी रहेको र माथिल्लो तामाकोशीको विद्युत् बिक्रीबाट प्राप्त हुने रकमबाट रोल्वालिङको वित्तीय व्यवस्थापन गरिने उल्लेख गरे ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved