दिब्यश्वरी हाइड्रोले घटायो हकप्रद निष्काशन अनुपात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2023 | 04:10:45 PM मा प्रकाशित

laxmi  sunrise bank

दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको मङ्सिर २९ गते बसेको संचालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । 

 कम्पनीले  हाल कायम चुक्ता पुँजीको १:१  अनुपातमा १०० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो । कम्पनीले यस अघि गत असोज २९ गते १:२ को अनुपातमा २ सय प्रतिशत हकप्रद निष्काशन गर्ने निर्णय गरेको थियो । त्यसलाई रद्द गरि कम्पनीले अब शतप्रतिशत मात्र हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले दीर्घकालीन ऋण तिर्न हकप्रद निष्काशन गर्ने जनाएको हो ।

उक्त प्रस्ताव नियमनकारी निकाय विद्युत नियमन आयोगबाट स्वीकृती प्राप्त भए पश्चात् कम्पनीको आगामी साधारण सभामा पेश गर्ने कम्पनीले जनाएको छ।

 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved