नेपाल पावर एक्सचेन्जको साधारणसभा आह्वान, लाभांश पनि प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2023 | 09:26:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल पावर एक्सचेन्ज लिमिटेड (नेपेक्स)ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २८ गते साधारणसभा आह्वान गरेको हो 

साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ 

त्यस्तै सभामा  सञ्चालक समितिको आ.व २०७९।०८० को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने, लेखा परीक्षणको प्रतिवेदनसहितको आ.व. २०७९।०८० को बित्तीय बिबरणमाथि छलफल गरी स्वीकृत गर्ने ,. आ.व. २०८०/०८१ का लागि लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र सन्चालक समितिका निर्णयहरुलाई अनुमोदन गर्ने प्रस्ताव पेश हुने छन्।

स्वतन्त्र उर्जा उत्पादकहरुको लगानीमा नेपेक्स स्थापना भएको हो । नेप्सेक्सको अधिकृत पूँजी दुई अर्ब, र चुक्ता पूँजी २० करोड रुपैयाँ छ । भारत तथा बंगलादेशसँग विद्युत ब्यापार गर्ने उदेश्यका साथ यो कम्पनी स्थापना भएको हो । हाल प्रस्तावित विद्युत विधेयकमा निजि क्षेत्रले पनि विद्युत ब्यापार गर्न सक्ने उल्लेख छ । विद्युत बिक्रिका लागि हाल भईरहेका प्रसारण लाइन व्हिलिङ चार्च दिएर प्रयोग गर्ने र सरकारले अनुमति दिएमा आफै प्रसारण लाइन बनाउने योजना पनि नेपेक्सको छ । 

२ वर्ष अगाडी नेपालमा आयोजित  पावर मार्केट सम्मिटमा तत्कालिन उर्जामन्त्री पम्फा भुषालको उपस्थितिमा  नेप्सेक्सले भारतको मनिकरण पावर लिमिटेडसँग विद्युत बेच्ने सम्झौता पनि गरेको थियो ।  सम्झौता अनुसार नेपेक्सले मनिकरणलाई तत्काल ५०० मेगावाट विद्युत बिक्रि गर्ने र मनिकरणले नेप्सेक्समा १५ प्रतिशत शेयर लगानी गर्ने उल्लेख थियो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved