अपि पावर कम्पनीको साधारणसभा आह्वान, लाभांश नदिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 22, 2023 | 09:42:29 AM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावर कम्पनीले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस २७ गते साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभाले प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १७ गतेसम्म कायम शेयरधनीले साधारणसभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव: 

साधारण प्रस्ताव:

१. संचालक समितिको तर्फवाट अध्यक्षज्यूद्वारा आर्थिक वर्ष २०७९ / ०८०को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने सम्वन्धमा ।

२. लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७९ / ०८०को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल तथा स्वीकृत गर्ने सम्वन्धमा ।

३. कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व २०८० / ०८१का लागि लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा ।

 विशेष प्रस्ताव
१. कम्पनीको नियमनकारी निकाय विद्युत नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका नियामक निकायहरुमा कम्पनी अद्यावधिक गर्दा आवश्यक कार्य गर्न कम्पनीको संचालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्बन्धमा ।

२. कम्पनीले नयाँ आयोजनाहरुको पहिचान, विकास, प्रवर्द्धन गर्न लगानी गर्ने तथा अन्य कम्पनीवाट समेत प्रवर्द्धन भई विकास तथा निर्माण भईरहेको जलविद्युत आयोजनाहरुमा लगानी गर्ने सम्बन्धमा ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved