नेपाल वेयरहाउजिङ्ग कम्पनीको साधारणसभा आह्वान, यस्ता छन् ८ प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2023 | 09:52:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल वेयरहाउजिङ्ग कम्पनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २७ गते साधारणसभा आह्वान गरेको हो ।

 कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन सक्ने छन् । कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु:

 १.    आ.व. २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।

२.    लेखापरीक्षकको प्रतिवेदन सहित २०८० अषाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त भएको आ.व. २०७९/८० को नाफा नोक्सान हिसाव, नाफा नोक्सान वाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरु पारित गर्ने।

३.    आ.व. २०८०/८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने।

४.    कम्पनीको सञ्चालक समितिले स्वतन्त्र व्यावसायिक सञ्चालक पद एकमा नियुक्त गर्नका लागि मनोनयन गरेको व्यक्तिको नाम अनुमोदन गर्ने।

५.    सञ्चालक समितिमा शेयरधनीहरुबाट प्रतिनिधित्त्व गर्ने छ जना सदस्यहरुलाई अर्को चार वर्षे कार्यकालको लागि निर्वाचन गर्ने ।

विशेष प्रस्ताव 

१.    प्रारम्भिक सार्वजनिक निष्काशन पश्चात कम्पनीको चुक्ता पूँजीमा भएको वृध्दिलाई कम्पनीको प्रवन्धपत्रको सम्वन्धित दफा उपदफामा संशोधन मिलान गर्ने। र उक्त प्रस्तावमा कम्पनी रजिष्ट्रारको कार्यालयले संशोधन, परिवर्तन वा थप/घट गर्न सुझाव वा निर्देशन दिएमा सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा थपघट गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्वन्धी प्रस्ताव पारित गर्ने।

२.    कम्पनीको सञ्चालक समिति र विषय समितिको वैठकमा भाग लिने सञ्चालकहरु तथा विषय समितिका संयोजक र सदस्य (सञ्चालक)लाई वैठकमा भाग लिए वापत वैठक भत्ता उपलव्ध गराउने विषय सम्वन्धी प्रस्ताव र उक्त प्रस्तावमा कम्पनी रजिष्ट्रारको कार्यालयले संशोधन, परिवर्तन वा थप/घट गर्न सुझाव वा निर्देशन दिएमा सो अनुसार आवश्यक संशोधन, परिवर्तन वा थपघट गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने सम्वन्धी प्रस्ताव पारित गर्ने।

३.    कम्पनीको परियोजना निर्माण कार्यका लागि थप पर्न जाने ऋण रकम वैंक तथा वित्तीय संस्था वा निकाय वा अन्य कुनै संगठित निकाय बाट कम्पनीको उद्देश्य र हित अनुकूल हुने गरी प्राप्त गर्ने निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved