बीमा दाबी भुक्तानी टुङ्गो नलाग्दा अपर हेवाखोला हाइड्रोको साधारणसभामा ढिलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2023 | 09:54:00 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर हेवाखोला हाइड्रोपावर कम्पनी समयमा साधारणसभा गर्न असफल भएको छ । तोकिएको समय पुस मसान्तसम्म साधारणसभा गर्न नसक्ने भएपछि कम्पनीले  म्याद थप गरिदिन कम्पनी रजिष्ट्रारको कार्यालयलाई अनुरोध गरि पत्राचार गरेको छ ।

बीमा दाबी भुक्तानीको विषय  टुङ्गो लागि नसकेको अवस्थामा वार्षिक साधारण सभा गर्न समस्या भएकोले साधारण सभा गर्नका लागि ३ महिना म्याद थप गर्न स्वीकृति दिन कम्पनीले आग्रह गरेको हो। कम्पनीले निर्माण गरी सञ्चालनमा ल्याएको अपर हेवाखोला साना जलविद्युत आयोजनामा २०८० असर २ गते आएको बाढीले ब्यापक क्षति पुर्याएको थियो । त्यसको बीमा दाबी भुक्तानीको विषय  टुङ्गो लागि नसकेको कम्पनीले जनाएको हो ।

आयोजनाको पुनः निर्माण कार्य तिब्र गतिमा भई रहेको कम्पनीले उल्लेख गरेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved