कामना सेवा विकास बैंकको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 02, 2024 | 05:44:30 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक लिमिटेडको १७ औं वार्षिक साधारणसभा  सम्पन्न भएको छ । आज बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा  उक्त वार्षिक साधारण सभा सम्पन्न भएको हो । 

साधारणसभाले लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०७९।८० को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाव र सोही आ.व.को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्वन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ । उक्त साधारणसभाले आ.व. २०८०/०८१ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखारीक्षण बि.आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । 

साधारणसभामा सेयरधनीहरुले राखेको जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए । शेयरधनीहरुले राखेको जिज्ञासाको जवाफ दिदै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरिएको तथा चालु आ.व.मा बैंकले शेयरधनीज्यूहरुको अपेक्षा वमोजिमको लक्ष्य हासिल गर्ने बताए। 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved