सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 04, 2024 | 11:19:52 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले माघ ११ गते बिहान ११ बजेका लागि सभा आह्वान गरेको हो ।सभा नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा हुनेछ । 

सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्ने प्रस्ताव पेश हुने छ। त्यस्तै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छ। सभामा कम्पनी सञ्चालक समितिमा संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ४ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पेश हुने छ।

सभाले पारित गरेका सामान्य र विशेष प्रस्ताव स्वीकृतिका लागि नियमनकारी निकायबाट कुनै विषयमा संशोधन वा परिवर्तन गर्न निर्देशन वा कैफियत प्राप्त भएमा सोसमेत मिलाई संशोधन वा परिवर्तन गर्न तथा अन्य कार्यहरुसमेत गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव सभामा पेश हुनेछ।

वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले पुस २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved