२ हाइड्रोले पाए हकप्रद निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2024 | 12:57:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले २ वटा जलविद्युत कम्पनीलाई हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको छ। बोर्डले पुस १९ गते रिडी पावर कम्पनी र अरुण पावर हाइड्रोपावर डेभलपमेन्ट कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको हो ।

बोर्डले अरुण भ्याली हाइड्रोलाई १:१ को अनुपातमा शत प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति दिएको हो । त्यस्तै रिडी पावरले १:०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो । 

अब अरुण भ्यालीले १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

त्यस्तै रिडी पावरले ७७ लाख ४४ हजार ५ सय ६ किटा शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।



Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved